करेन्ट लागेर बागलुङमा एक वृद्धको मृत्यु
बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
निसीखोला दोस्रो जलविद्युत आयोजनाबाट लगिएको विजुलीको तार भुईंमा लत्रिएको र सोही तारमा कुल्चिंदा करेन्ट लागेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनाको जानकारी पछि अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङका प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा ७ जना प्रहरी घटनास्थलमा खटिएको डिएसपि केसीले बताए ।