वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा ५७ जनाले गरे रगतदान

वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा ५७ जनाले गरे रगतदान
अठपर्वका अवसरमा रक्तदान गर्दै स्थानीय। तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : छठ पर्वको उपलक्ष्यमा वीरगन्जस्थित घडीअर्वा पोखरी छठघाट परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रगतदान गरेका छन् । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिलासहित ५७ जनाले रगत दान गरेका हुन् ।

रगत दान गरी कार्यक्रमको समुद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका १० का वडाध्यक्ष सुशील साह कानुले छठ पर्वको अवसरमा रगत दान गरी समाज सेवाको अवसर पाउँदा गौरव महशुस गरेको बताए।

आयोजक क्लबका अध्यक्ष लखनलाल गुप्ताले विगत डेढ दशकदेखि छठ पर्वकै अवसरमा क्लबले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताए। धार्मिक अवसरमा सामाज सेवा पनि होस् भनेर आफूहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।  

वडाध्यक्ष कानुको प्रमुख आतिथ्यता एंव गुप्ताको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह साह कानु,पूर्वअध्यक्ष हिरा साह कानु, प्रेम साह कानु , उपाध्यक्ष राकेश साह ,कोषाध्यक्ष तिलक साह ,सहकोषाध्यक्ष कन्हैया गुप्ता ,सुरक्षा उपसमितिका संयोजक मुन्ना साह,सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु ,युवा अभियन्ता दिलीपराज कार्कीलगायतको पनि उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.