घडिअर्वा छठ घाटको सजावट (फोटोफिचर)

घडिअर्वा छठ घाटको सजावट (फोटोफिचर)
सुन्नुहोस्

वीरगन्ज : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।

छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको जानकारी गराए।

null

उनले यसपाली छठघाटको सजावट र व्यवस्थापनमा गरी करिब १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। टेन्टमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८, सरसफाइमा ६० हजार रुपैयाँ खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार छठघाटमा व्रतालु , दर्शनार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ। 

null

यस्तै छठघाट परिसरमा २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए। सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए।

गत वर्षको छठमा छठघाट सजावट र व्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएको र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचत भएको समितिका कोषाध्यक्ष तिलक साह कानुले जानकारी गराए।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.