नेपालले जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको छ : प्रधानमन्त्री दाहाल

नेपालले जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक जटिलताको सामना गरिरहेको बताएका छन्। भारतले आयोजना गरेको 'भ्वाइस अफ ग्लोबल साउथ समिट'मा भर्चुअल सम्बोधन गर्नै प्रधानमन्त्री दाहालले उक्त संकटबाट खाद्यान्न, स्वास्थ्य-शिक्षा, अर्थतन्त्र, वातावरण र शान्ति-सुरक्षामा प्रभाव पारेको बताए।

उक्त जटिलताबाट सबैभन्दा धेरै अल्पविकसित राष्ट्रहरू प्रभावित भएको उनको भनाइ छ। 'ग्लोबल साउथका धेरै देशहरू दिगो ऋणको बोझमा परेका छन्। जसले स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्वपूर्ण राष्ट्रिय प्राथमिकताका लगानीलाई दबाब दिइरहेको छ। बढ्दो खाद्यान्न समस्या र आर्थिक संकटले थप चिन्ता थपिदिएको छ,' प्रधानमन्त्रीले भने।

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय शान्ति, विकास र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने उनले बताए। प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा विश्वास कायम गर्न साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने बताए। ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ्य जीवन निर्वाहमा टेवा पुर्‍याउनुपर्ने उनको भनाइ छ। 

उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए। हिमालमा देखिएको जलवायु परिवर्तनले नेपालका लाखौं मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर असर पुर्‍याएको बताउँदै उनले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। 

नेपालले प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपायहरू र हरियालीलाई प्रवर्द्धन गर्दै सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताए। त्यसका लागि साझेदारहरूबाट विकास सहायता, एफडीआई, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगजस्ता अन्तर्राष्ट्रिय सहयोगको उनले आह्वान गरे।

विकासोन्मुख देशहरूको उद्देश्यलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताउँदै उनले सहभागी राष्ट्र प्रमुखहरूलाई 'एउटै भविष्य'को आकार दिन सार्थक सहयोग र समन्वयको खाँचो रहेको बताए। 

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.