संघमा पनि सहमतिको सरकार आवश्यक छ : शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।
शनिबार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको बताए। उनले लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरूलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए।
डा. कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरू प्रदेशलाई नदिइएका कारण संघीयता बदनाम हुँदै गएको बताए। उनले कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु र्ने बताए। उनले राजनीतिक दलका नेताहरूको एकात्मक सोचका कारण संघीयता बदनाम भइरहेको बताए।