महिला टि-२० आई सिरिज : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य
काठमाडौं : नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ। हङकङमा जारी महिला टि-२०आई सिरिजमा आइतबार बिहान नेपालले ५ विकेटको क्षतिमा जापानविरुद्ध ११५ रन बनाएको हो।
टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको थियो। निर्धारित ओभरमा काजल श्रेष्ठ र अस्मिना कर्मचार्य अविजित रहे।
नेपालका लागि पूजा महतोले ५१ बलमा सर्वाधिक ४३ रन बनाइन्। त्यसैगरी रोमा थापाले २२ रन, पूर्वकप्तान रुविना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन, सीता रानामगरले ५ रन, काजल श्रेष्ठले ३ रन र अस्मिना कर्मचार्यले २ रनको योगदान गरिन्।
शनिबारको खेलमा भने नेपालसँग जापान ६७ रनले पराजित भएको थियो। ११४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित ओभरमा ४६ रन बनाउँदै अल आउट भएको थियो। चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल र जापान उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।