चिसोका कारण भूकम्पपीडितको मृत्यु

चिसोका कारण भूकम्पपीडितको मृत्यु

जाजरकोट : अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० वर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ। भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आज बिहान मृत्यु भएको हो।

उनी हाल त्रिपालको साहरामा बस्दै आएकी थिइन्। आज बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए। 

यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो। 

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। 

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। चिसोका कारण पछिल्ले एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भइ गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.