गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’: चिनियाँ विदेशमन्त्री

गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’: चिनियाँ विदेशमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ’, बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उनले भने, ‘गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै मुलुकलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ।’

हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ। इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक उक्त हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए। त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ। 

इजराइलको लगातारको हवाई हमला र स्थल कारवाहीमा कम्तीमा १३ हजार मारिएको गाजास्थित हमास सरकारले बताएको छ। दुवै पक्षका मारिनेमा अधिकांश सर्वसाधारण छन्। चीनले आइतबार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि संलग्न छन्र। बेइजिङले हालको प्यालेस्टिनी–इजराइल सङ्घर्षको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ। 

‘अरब र मुस्लिम मुलुकहरूको चीन असल मित्र र भाइ हो’, विदेशमन्त्री वाङले भने, ‘हामीले सधैँ अरब र मुस्लिम मुलुकहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनी जनताको वैध राष्ट्रिय अधिकार र हित पुनःस्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ।’ - रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.