छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सुन्नुहोस्

त्रिवेणी (रुकुमपश्चिम) : रुकुमपश्चिममा आज छुट्टाछुट्टै सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको जिप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका-९ हासिवाङकी ६५ वर्षीया कमला खड्का मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। 

खड्का मगरलाई सानीभेरी गाउँपालिका-९ खारखोलास्थित मध्यपहाडी राजमार्गमा आइतबार साँझ अल्फाबेट नखुलेको ४२८८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा घाइते भएका थिए। उनीलाई चौरजहारी अस्पतालले थप उपचारका लागि आइतबार नै प्रादेशिक अस्पताल सुर्खेत पठाएको र आज उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। सोही ठाउँकै मोटरसाइकल चालक यमराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। 

आज जिप दुर्घटनामा गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा चौरजहारी अस्पताल र सपना बुढाको १७ महिलाको छोरा प्रतीक बुढाको एम्बुलेन्समार्फत् थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा मृत्यु भएको थियो। घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चार जनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी-८ गइरिजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए। जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.