पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक रौनियार जसपा छाडेर एमालेमा प्रवेश

पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक रौनियार जसपा छाडेर एमालेमा प्रवेश
सुन्नुहोस्

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रौनियार जसपा छाडेर एमालेमा प्रवेश गरेका हुन्।

पर्साको पोखरीयामा मंगलबार आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्।

एक वर्षदेखि जसपामा निस्कृय रहेका केही दिनअघि काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए। त्यही भेटमा  एमालेमा प्रवेश गर्न तयार भएका रौनियार मंगलबार आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पप्पु कन्ट्रक्सनका संस्थापक अध्यक्ष समेत रहेका रौनियारले जसपा र उसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफूले जसपा परित्याग गरेको बताए। उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेकाले आफू एमाले प्रवेश गरेको बताए।

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली,केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतले पनि सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.