स्वीट्जरल्याण्डका नागरिकले बनाइदिए गोरखामा स्वास्थ्यचौकी भवन

स्वीट्जरल्याण्डका नागरिकले बनाइदिए गोरखामा स्वास्थ्यचौकी भवन
सुन्नुहोस्

गोरखा : स्वीट्जरल्याण्डका नागरिकले उत्तरी गोरखामा स्वास्थ्यचौकी भवन बनाएका छन्। स्वीट्जरल्याण्डका नागरिक उस्लाले  चुमनुब्री गाउँपालिका–१ सामागाउँमा स्वास्थ्यचौकी भवन निर्माण गरेका हुन्।

४६ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनको एक कार्यक्रमका बीच उनी स्वयंले उद्घाटन गरेका छन्। 
भवनमा कुल ६ वटा कोठा रहेको स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मण कार्कीले बताए। २०७८ सालबाट सुरु भएको भवन निर्माणको काम गत असोजमा भवन सम्पन्न भएको उनले जानकारी दिए। यसअघिको स्वास्थ्यचौकी भवन बाढीले क्षति पुर्‍याएको थियो। 

गाउँभन्दा पारिपट्टि रहेकाले पनि बर्खाका बेला खोला वारपार गर्न स्थानीयलाई समस्या हुदै आएको थियो। अहिले गाउँकै बीचमा स्वास्थ्यचौकी निर्माण भएकाले स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ।

दुर्गम क्षेत्र भएकाले गर्भवतीलाई थप समस्या हुने गरेकाले भिडियो एक्सरे र ल्यावका सामग्री उपलब्ध गराइदिन आग्रह गरिएको कार्कीले बताए। भवन उद्घाटन कार्यक्रममा पूर्व वडाध्यक्ष वीरबहादुर लामा, सदस्य मिङ्‍मार लामा तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सो कार्यक्रमपछि कम्युनिटी एक्सन नेपाल(क्यान) नामक संस्थाका पदाधिकारीहरूले उक्त स्वास्थ्य चौकी भवनको अवलोकन तथा अनुगमन गरेका थिए। सो संस्थाले स्वास्थ्य चौकीमा एक जना स्वास्थ्यकर्मीका साथै औषधि उपलब्ध गराउँदै आएको छ। उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनीहरूले गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.