उपभोक्ता समितिका अध्यक्षसहित तीनजना विरुद्ध आरोपपत्र दायर

उपभोक्ता समितिका अध्यक्षसहित तीनजना विरुद्ध आरोपपत्र दायर
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको धारापानी हिले उपभोक्ता समितिका अध्यक्षसहित तीनजना विरुद्ध आरोपपत्र दायर गरेको छ। 

हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाईंको आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखेर अनियमित रुपमा रकम झिकी झिक्न लगाई ९ लाख १३ हजार २८० रुपैयाँ हिनामिना गरेको पाइएपछि अख्तियारले आरोपपत्र दायर गरेको हो।

भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेतले हिसाब किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको उजुरी परेको थियो। 

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को  दफा १७ ले निर्देश गरेबमोजिमको सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो रकम निजहरुबाट असुल उपर हुन समेत मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.