देश गम्भीर संकटमा छ : प्रकाण्ड

देश गम्भीर संकटमा छ : प्रकाण्ड
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले मुलुक गम्भीर संकटमा रहेको बताएका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा स्थापना भएको १०औं वार्षिकोत्सवका अवसरमा कालिकोट सदरमुकाम मान्म बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्था र राजनीतिक दलको गलत भूमिकाका कारण मुलुक गम्भीर संकटमा परेको बताए। 

उनले भने, 'मुलुक आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य विभिन्न सवालमा गम्भीर संकटमा परेको छ। यो संकटबाट मुलुकलाई मुक्त बनाउनका लागि उपयुक्त व्यवस्था समाजवाद हो। त्यसका लागि सबै राजनीतिक दलहरू तयार हुन जरुरी छ।'

उनले देश र जनताको रक्षा गर्ने उपयुक्त व्यवस्था नै समाजवाद भएकाले त्यसका लागि दलहरूले अब ढिलो गर्न नहुने बताए। उनले भने, 'मुलुक आर्थिक, सामाजिक, राजनीतिक संकटमा मात्र नभई राष्ट्रिय स्वाधीनता पनि गम्भीर संकटमा परेको भन्दै यसको मुख्य कारण नै दलाल संसदीय पूँजीवादी व्यवस्था भएको दाबी गरे। उनले नेपालमा दलाल पूँजीवादी व्यवस्था खारेज गरी समाजवादी व्यवस्थामा नजाने हो भने देशमा थप भयावहको स्थिति आउने ठोकुवा गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.