उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत
काठमाडौं : सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। उनको कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।