युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शनले सर्वसाधारणलाई सास्ती

युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शनले सर्वसाधारणलाई सास्ती
तस्बिर : सुनिता डंगोल

काठमाडौं : एमालेको भातृसंगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको शक्ति प्रदर्शनका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। तिनकुने र बल्खु क्षेत्रमा शक्ति प्रदर्शन गरेपछि लामो तथा छोटो दूरीमा हिँडेका सर्वसाधारणको अवस्था सास्ती भोग्नुपरेको हो।

शक्ति प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त भएपछि सर्वसाधारणहरू पैदल हिँड्न बाध्य भएका थिए। प्रदर्शनकारीहरूले फुटपाथमै मोटरसाइकल र गाडी पार्किङ गरेपछि पैदल यात्रुलाई समेत सास्ती भोग्नुपरेको थियो। युवा संघले तिनकुने-गैह्रीगाउँको बीच सडकमै आमसभा गरेको थियो भने प्रसाईं समूहले बल्खु चोकमै आमसभा गर्दा सर्वसाधारणले सास्ती भोगेका हुन्।

युवा संघले सरकारको बेथितिविरुद्ध आन्दोलन गरेको हो भने प्रसाईं समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन गरेको हो। 

nullnullnullnullnull

तस्बिर : सुनिता डंगोल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.