गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु
सुन्नुहोस्

गुल्मी : गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका-५ छापहिले राङ्लाका आयुष ठकुरीको मृत्यु भएको हो।

बिहीबार दिउँसो साढे १ बजेको समयमा घरको छतमा बसेर घाम ताप्दै आमाछोराले सुन्तला खाएका थिए। सुन्तला फोकेर खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएर श्वास फेर्न गारो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा परिवारले पुर्‍याएका थिए।

दिउँसो साढे २ बजे शिशुको उपचारका क्रममा गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आयुषका परिवार गुल्मीको सदरमुकाम तम्घासस्थित मिलनचोकमा डेरामा बस्दै आएका थिए। 

अभिभावकलाई यो समय चिसो मौसम भएकाले साना बालबालिकालाई खानेकुरा तथा खेलौना लगायतका वस्तु दिँदा विशेष ध्यान दिन प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.