खोटाङको बरहापोखरीमा सांस्कृतिक महोत्सव

खोटाङको बरहापोखरीमा सांस्कृतिक महोत्सव
सुन्नुहोस्

उदयपुर : उदयपुरसँग सिमाना जोडिएको खोटाङको बराहपोखरीको प्रवर्द्धनका लागि सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। 

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। 

बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा दुई दिने बृहत् सांस्कृतिक महोत्सव आयोजना गरिएको हो। 

महोत्सवमा गाउँपालिका भित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुति रहेको गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले जानकारी दिए। 

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिन बृहत् मेला लगाइएको उनले बताए। 'बरहापोखरीलाई प्रवद्र्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ' उनले भने, 'बराहपोखरीमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौं, यसलाई आगामी दिनमा समेत निरन्तरता दिन्छौ।'

महोत्सवमा चर्चित गायक शम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्री लगायतका दुई दर्जन बढी कलाकार सहभागी रहने सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले बताए। 

महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’का विजेताकोसमेत सांगीतिक प्रस्तुति रहने जनाइएको छ। परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै सांस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभरी दुई दिन सार्वजनिक बिदाको औपचारिक घोषणासमेत गरेको छ। 

संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले सय गन्तव्यस्थलको सूचीमा समावेश गरेको अध्यक्ष बन्जराले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.