सिस्नुको पाउडर बजारमा

सिस्नुको पाउडर बजारमा
सुन्नुहोस्

गोरखा : गोरखाको व्यापारिक केन्द्र भच्चेक बजारमा सिस्नु पाउडर उत्पादन हुन सुरु गरिएको छ। हरियाली बहुउद्देश्यीय सहकारी संस्थाले अजिरकोट– ३ भच्चेक बजारमा अजिरकोट सिस्नु पाउडर उद्योग सञ्चालन गरेको हो। 

उद्योग गत असोजमा उद्घाटन गरिएको सहकारी संस्थाका अध्यक्ष तयराज गुरुङले जानकारी दिए। तीन दिनको अवधिमा २ सय ५० पाकेट सिस्नु पाउडर उत्पादन गरिएको उनले बताए। पाँचतारे होटलमा पनि सिस्नु पाउडरको प्रयोग गरिने र विदेशसमेत निर्यात हुने गरेकाले सिस्नु पाउडर उत्पादन गर्न सुरु गरेको गुरुङले बताए। ‘पाँचतारे होटलमा पनि दालका रूपमा सिस्नु पाउडर प्रयोग हुने गरेको छ। 

विदेश पनि निर्यात हुने गरेको छ, त्यसैले यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने उद्देश्यले सिस्नु पाउडर उद्योग सञ्चालन गरेका हौं’, सहकारीका अध्यक्ष गुरुङले भने, ‘अहिले चितवन, कावासोतीमा बिक्री गरेका छौं। अब काठमाडौं, पोखरासम्म पनि पु¥याउने लक्ष्य छ। बजारको कुनै समस्या छैन, तर मागबमोजिम उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने छ।’ 

ठूलो परिमाणमा उत्पादन गर्न स्थानीय किसानलाई बारीमा सिस्नु रोप्न आग्रह गरिएको उनले बताए। ‘अहिलेसम्म खोला, खोल्सा र जंगलबाट सिस्नुको मुन्टा र फूल ल्याएर कच्चा पदार्थका रूपमा प्रयोग गरेका छांै, अब व्यावसायिक रूपमा उत्पादन गर्न सिस्नुको फूल बारीमा रोप्न किसानलाई भनेका छौं’, गुरुङले भने। अत्यधिक जाडो हुने पुस, माघ महिनाबाहेक अरू सबै महिना सिस्नु फस्टाउने सिजन हो। त्यसैले वर्षभरि सिस्नु पाउडर उत्पादन गरी व्यापार गर्न सकिने सहकारीले लक्ष्य लिएको छ।

सिस्नुले धेरै रोगको निवारण गर्ने उनको भनाइ छ। उनका अनुसार पेटको रोग, सुगर, प्रेसरको समस्या समाधान गर्न सिस्नु पाउडर लाभदायी हुनेछ। त्यस्तै भिटामिन ए, क्याल्सियम पनि यसबाट प्रशस्त पाइने हुँदा सिस्नु पाउडर बहुउपयोगी हुने उनको भनाइ छ। यसअघि गोरखाको बारपाकमा पनि सिस्नु पाउडर उत्पादन भएको थियो, तर सञ्चालकले उचित व्यवस्थापन गर्न नसक्दा उद्योग बन्द भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.