प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्किँदैन : केपी ओली

प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्किँदैन : केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू भएको टिप्पणी गरेका छन्। पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रेतका नलीाखुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने बताए।

कामै नलाग्ने चिज भएको भन्दै जनताले १५ वर्षअघि नै राजतन्त्र फ्याँकेको उनको भनाइ छ। 'केही तत्वहरू १५ वर्षअघि फालिसकेको, हेर्दा हेर्दा वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ। काम लाग्ने चिजै रहनेछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन्,' उनले भने, 'चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन्। नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने त्यो चेतना मूर्खता हो।'

मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता सिवाय केही नभएको उनले बताए। उनले राजनीतिकरूपले, वैचारिकरूपले, सैद्धान्तिकरूपले कुनै पनि हिसाबले राजतन्त्र मान्न नसकिने बताए। 'एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख भएर जन्मिने, अरुको छोराछोरीले मरिमेटेर हुन नपाउने, त्यस्तो अन्यायपूर्ण विचार बोक्नेहरूका पछाडि नेपाली जनता लाग्दैन,' उनले भने।

उनले अरु देशमा जे भए पनि नेपालमा राजतन्त्र काम नलाग्ने बताए। 'अरु देशमा के छ हामीले केही भन्नु छैन। हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन्। यो देशमा २० वर्षमा एउटा बाटो बन्न नसक्नुको कारण के? विकास हुनुको कारण के? २४० वर्षमा किन भएन विकास?,' ओलीले प्रश्न गरे।

यस्तो देश अर्को देशमा मिसाइदिए सस्तोमा साइकल किन्न पाइन्छ भन्नेहरू बिकाउ मालहरू भएको उनको भनाइ छ। 'कतिपय मान्छेहरू एक छाक भातमा सिंगो भविष्य बेच्न तयार हुन्छन्। कतिपय देशको माया नगर्ने बिकाउ मालहरू हुन्छन्। त्यस्ताका अभिव्यक्तिहरू साइकलको मूल्यसँग देशको सार्वभौम सत्ताको कुरा गर्छन्,' उनले भने।

उनले देश संकटमा परेका बेला युवा संघ मैदानमा उत्रिएर देखाएको बताए। उनले प्रतिक्रियावादीहरूविरुद्ध लड्न सधैं तयार हुन युवा संघ र युथ फोर्सलाई निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.