झापा लिगमा आयोजक भद्रपुर विजयी, कचनकवल र बाह्रदशीले अंक बाँडे

झापा लिगमा आयोजक भद्रपुर विजयी, कचनकवल र बाह्रदशीले अंक बाँडे

झापा : भद्रपुरस्थित मेची रंगशालामा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ। शुक्रबारै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन्। 

भद्रपुर झापा गोल्डकपको आयोजनामा भइरहेको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले हरायो। भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको छ। खेलको १९ औँ मिनेटमा भद्रपुरका सनम गुरुङले गोल गरे। त्यस्तै, खेलको ८१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल गरे। 

कनकाईका सलिन कार्कीले ८३ औँ सान्त्वना गोल फर्काए। खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ भए।  यसैबीच, शुक्रबार भएको दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुङ्गियो। खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू भए। 

शनिबारको हुने पहिलो खेल कमल गाउँपालिका र दमक नगरपालिकाबीच हुनेछ, भने दोस्रो खेल झापा गाउँपालिका र गौरादह नगरपालिकाबीच हुनेछ।  फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन्। 

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए। 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन्। त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन्। प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.