देवीनगरको चौपारी, वृद्धवृद्धाको छहारी

देवीनगरको चौपारी, वृद्धवृद्धाको छहारी
सुन्नुहोस्

बुटवल : नयाँ वरपीपल रोप्ने होइन, भएका पनि मासेर उजाड पार्ने क्रम गाउँदेखि सहरसम्म व्याप्त छ। नयाँ बिरुवा रोप्नेतिर नयाँ पुस्ताको चासै देखिँदैन। पुर्खाहरूले पुस्तौंसम्म जोगाएर राखेका वरपीपलहरूसमेत अहिले गाउँसहरमा भेटाउन मुस्किल पर्छ। बढ्दो सडक सञ्जालले हुर्किएका वरपीपलहरू झनै मासिए। घरदैलोमा पुगेका स्थानीय सरकारले समेत वरपीपल जोगाउन चासो देखाएनन्। 

तर, बुटवल उपमहानगरपालिका—११ स्थित देवीनगरको बेग्लै कथा छ। पर्वतको पाङबाट बसाइँ सरेर बुटवल आएका ईश्वरीप्रसाद शर्मा सुवेदी र उनकी श्रीमती सुमित्रा शर्माले २०२५ सालमा देवीनगरमा वरपीपल र शमी रोपे। शमीको बोट हुर्किएन्। वरपीपल हुर्किए र अहिले ठूलाठूला घरको सडक बीचमा हरियाली मात्र होइन नयाँ पुस्तालाई प्रेरणासमेत दिएका छन्। वरपीपल रोप्नुपर्दो रहेछ भन्ने प्रेरणा नयाँ पुस्तालाई दिएका छन्।  

वरपीपल रहेको देवीनगर चौपारी वृद्धवृद्धाहरूको गफिने थलो बनेको छ। दुःख, सुखका कुरा साटासाट गर्ने साझा चौतारी बनेको छ। वरपीपललाई चारैतिरबाट घेरेर प्रतीक्षालय बनाइएको छ, यसले झनै शोभा बढाएको छ। 

बुटवलको उखरमाउलो गर्मीमा वरपीपल शीतलता दिने ठाउँ मात्र होइन, गाउँबाट सहर झरेका वृद्धवृद्धाहरूका लागि मनका बह बिसाउने चौपारीसमेत बनेको छ। अर्घाखाँचीको चिदिकाबाट बुटवल झरेका ७९ वर्षीेय रमेशप्रसाद ज्ञवालीले फुर्सद हुँदा आफू चौतारीमा आएर भुल्ने गरेको अनुभव सुनाए। ‘खाना खाइसकेपछि सबैजनाको देवीनगर चौतारी आउने सल्लाह हुन्छ’, उनले भने, ‘दिउँसोभरि यही आएर कुराकानी गर्छांै। साँझ परेपछि घरतिर जान्छौं।’ समसामयिक राजनीतिलगायत धेरै विषयमा यहाँ गफगाफ चल्ने गरेको उनले सुनाए। आफूहरूजस्ता वृद्धवृद्धाहरूको भुल्ने ठाउँको रूपमा रहेका यस्ता ठाउँलाई सबैले जोगाएर राख्नुपर्नेमा उनले सुझाव दिए। निःशुल्क रूपमा सजिएर बसेका सम्पदाहरूलाई जगेर्ना गर्नुपर्ने उनको भनाइ छ।

वरपीपलको महŒव जति बढ्दै गयो त्यति यहाँको वरपीपललाई चिटिक्क पारी सिंगारबटार गरेर राखिएको छ। बुटवल देवीनगरका ज्योतिष मनोहर घिमिरेका अनुसार वरपीपललाई प्राकृतिक रूपमा मात्र नभई धार्मिक रूपमा पनि महŒवका साथ लिइन्छ। ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकको रूपमा यसलाई लिइने गरिएको छ। अन्य बिरुवाहरूको तुलनामा वरपीपलले हजारौं गुणा अक्सिजन दिने गर्छ। धार्मिक र वैज्ञानिक दृष्टिकोणले वरपीपलको महŒव समाजमा बढ्दै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.