करातेका पदक विजेता सम्मानित

करातेका पदक विजेता सम्मानित
सुन्नुहोस्

काठमाडौं : ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियाको जकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र ६ कांस्य 

जितेको थियो ।

एरिका गुरुङले नेपाललाई एक मात्र स्वर्ण दिलाएकी थिइन् । १९औं एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेतासमेत रहेकी एरिकालाई ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहमद शेख अलामले १५ हजार नगदसहित प्रशंसापत्र पाए । कांस्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा रासकोटी मगर र सानुमाया थिङले जनही १० हजार नगद पाए । 

कार्यक्रममा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरीमैया डंगोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा रसुवा डोजो, सुर्खेत डोजो, भुटानी शरणार्थी क्याम्प र चापागाउँ डोजोलाई ५० हजार मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको थियो । नेपाल कराते महासंघको आयोजनामा मंसिर १६ देखि १७ गतेसम्म हुने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि महासंघलाई एक लाख रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन, ग्लोबलका अध्यक्ष एवं आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, ग्लोबलका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पुरस्कार प्रदान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.