हमासद्वारा २४ बन्धक रिहा

हमासद्वारा २४ बन्धक रिहा
सुन्नुहोस्

राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, '२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।'

अर्को पोस्टमा, संगठनले भन्यो, 'दुई पक्षहरू बीच हाम्रो तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौं।'

यसअघि इजरायली सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार हमासले १३ इजरायली बन्धकहरूलाई राहत कार्यमा संलग्न संस्था रेडक्रसलाई हस्तान्तरण गरेको थियो।  

सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ। हमासले बन्धकहरू रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन।
 

हालसम्म हमासले १३ इजरायली बन्धकलाई रिहा गरेको समाचार प्राप्त भएको छ । थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए ।

हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र फिलिपिन्सका एक नागरिक रहेका बताएका छन् ।
 
इजरायली रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी ईएफआईले हमासले १३ जना इजरायली बन्धकहरूलाई इजरायललाई सुम्पेको जनाएको थियो। इजरायली प्रधानमन्त्रीको कार्यालयले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री योआ गालान्टले सेनाको कमाण्ड सेन्टरमा यो सम्पूर्ण प्रक्रियाको अनुगमन गर्ने बताएको छ।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.