नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बिहीबारदेखि बन्द

नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बिहीबारदेखि बन्द
सुन्नुहोस्

अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

नयाँ दिल्लीस्थित आफ्नो कुटनीतिक नियोग बन्द गर्नेबारे एक आधिकारिक विज्ञप्ति जारी गर्दै अफगानी दूतावासले भनेको छ, 'भारत सरकारको निरन्तरको चुनौतीका कारण नोभेम्बर २३, २०२३ देखि लागू हुनेगरी दिल्लीस्थित नियोग बन्द गरिएको छ । 'दूतावासले यसअघि सेप्टेम्बर ३० मा उडान बन्द गरेपछि यो निर्णय गरिएको हो।

दूतावासले यो कदमलाई आन्तरिक द्वन्द्वको रूपमा चित्रण गर्न खोजिएको हुन सक्ने र यसमा तालिबानप्रति निष्ठा राख्ने कूटनीतिज्ञहरू संलग्न रहेको र यो निर्णय नीति र स्वार्थमा व्यापक परिवर्तनको परिणाम भएको बताएको छ ।

दूतावासले भनेको छ, 'भारतमा रहेका अफगानी नागरिकहरूलाई सम्बोधन गर्दै दूतावासले हाम्रो नियोगको कार्यकालमा उनीहरूको समझदारी र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ । ‘स्रोत र शक्तिको सीमितता’का बावजुद अफगान दूतावासले ‘काबुलमा वैध सरकारको अभावमा र उनीहरूको सुधारको लागि अथक प्रयास गरेको’  छ ।'

'विगत २७ यता महिनामा भारतमा अफगान समुदायका मानिसमा उल्लेखनीय गिरावट आएको छ, अफगान शरणार्थी, विद्यार्थी र व्यापारीहरूले देश छोडेका छन्। अगस्त २०२१ देखि यो सङ्ख्या लगभग आधा भएको छ। यस अवधिमा निकै सीमित नयाँ भिसा जारी गरिएको छ ।', दूतावासले आफ्नो बयानमा उल्लेख गरेको छ। 

'विगत २२ वर्षमा अफगानिस्तानलाई सहयोग र समर्थन गरेकोमा हामी भारतका जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । हामी अफगानिस्तानका जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याउँछौं र यस चुनौतीपूर्ण समयमा हाम्रो राष्ट्रलाई समर्थन गर्ने मार्गहरूको खोजी जारी राख्नेछौं', विज्ञप्तिको अन्त्यमा भनिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.