सरकारले राजनीतिलाई अराजक बनायो : केपी ओली

सरकारले राजनीतिलाई अराजक बनायो : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताए।

'अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ। राजनीतिलाई अराजक बनाएको छ। प्रहरीले समातेको गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ। राष्ट्रपतिले माफी दिन्छ। समाजमा सुशासन छैन,' उनले भने।

उनले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने बताए। 'जसले गल्ती गरेको त्यो मान्छे खराब हुन सक्छ। व्यक्ति खराब हुनसक्छ। तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन,' उनले भने।

उनले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने बताए। 'हामी ढुंगे युगतिर फर्किन सक्दैनौं। जन्मिँदै कोही राजा बन्ने हामीलाई स्वीकार हुँदैन। त्यो राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन्,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.