देश अब ढुंगे युगतिर फर्किन सक्दैन : केपी ओली

देश अब ढुंगे युगतिर फर्किन सक्दैन : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका छन्।

एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बताए। 

उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोपसमेत लगाए। सरकारले गरेको गल्तीको भागिदार सरकारमा रहेका दलहरू नै हुने उनको भनाइ छ। 

अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुनसक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे। देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउँदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने बताए। 

उनले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताए। उनल जनतालाई जात धर्मको नाममा विभाजित गर्ने प्रयास गरेर अहिले देशविरुद्ध षड्यन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपङ्गीमा उभिएर लड्न तयार रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.