नुवाकोटमा २१३ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
नुवाकोट : नुवाकोटमा २१३ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट सामुदायिक आँखा केन्द्र र नुवाकोट रेडक्रसको आयोजनामा आँखाको समस्या पहिचान भएकालाई छनौट गरी शिविर गरिएको हो।
सोही शिविरमा १ हजार ७५१ जनाको आँखाको परीक्षण गरिएको आयोजक नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए।
उनका अनुसार नुवाकोटका २२ स्थानमा दुई सातासम्म मोतियाविन्दु समस्या छनौट शिविरबाट सञ्चालन गरिएको थियो।
यसअघि विदुर र बेलकोटगढी नगरपालिका, ककनी, तारकेश्वर, सूर्यगढी, शिवपुरी, किस्पाङ, म्यागङ गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकी र विद्यालयमा गरी आँखाका बिरामी पहिचान गरिएको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !
५