लागूऔषध नियन्त्रणका लागि ‘एमडीआई’ अभियान

लागूऔषध नियन्त्रणका लागि ‘एमडीआई’ अभियान
सुन्नुहोस्

उदयपुर : लागूऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले मिसन ड्रग्स इन्टरसेप्सन (एमडीआई) अभियान शनिबारबाट सुरु गरेको छ। अभियानको पहिलो दिन ५२ जना लागूऔषध सेवनकर्ताले ‘लागूऔषध सेवन नगर्ने मैले दृढता गरेँ'भन्ने विश्वाससहित अभिभावक, जनप्रतिनिधि, प्रशासन, पत्रकार र नागरिक अभियन्तालाई साक्षी राखेर हस्ताक्षर गरी प्रतिवद्धता जनाएका छन्। 

प्रतिवद्धता जनाउनेहरू अधिकांश त्रियुगा नगरपालिका क्षेत्रका रहेको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, 'अभियान सुरु गर्नु अगाडि हामीले लागूऔषधबाट छुटाउनका लागि केही कोसिस गरेका थियौं। फलत त्यसको आजबाट सुरु भएको छ। अभियानबाट औपचारिक रूपमा सुरु भएको छ, यसलाई हामी आठ वटै पालिकामा लैजाने योजनामा छौं। पहिलो दिन नै सकारात्मक संकेतहरू देखिएका छन्, आशा छ पक्कै सफल हुने छौं।' 

अभियानलाई निरन्तरता दिन आज प्रतिबद्धता जनाएका सबैंका घरमा जनप्रतिनिधिसहितको टोली हप्तामा एक पटक जाने र उनीहरूको अवस्था बुझ्ने उनले बताए। एक महिना अघिदेखि तयारी सुरु गरिएको अभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना कारोबारीहरू पक्राउ पर्न थालेका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए। उनले भने, ‘लागूऔषधको कारोबारी उदयपुरमा निकै हुने रहेछ, सबै क्षेत्रबाट त्यहीँ रिर्पोट आएपछि अभियान नै सञ्चालन गर्ने निष्कर्षमा पुग्यौं र धेरै समातिन थाले।'

एसपी थापाले उदयपुरमा लागूऔषध कारोबार धेरै हुने गरेको पाइएको तर मुख्य दोषीहरू उम्कने गरेका कारण एमडीआई अभियान थालिएको बताए। 

अभियानको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले लागूऔषधबाट जर्जर रहेको युवापुस्ता र समाजलाई सुधार गर्न अभियानले टेवा पुग्ने बताइन्। उनले भनिन्, ‘भविष्य बोकेका थुप्रै युवायुवती सानै उमेरमा बिग्रिएका छन्, उनीहरूलाई न देश, न घरपरिवारको चिन्ता न आफ्नै, यसर्थ अभियान सञ्चालन गर्न अब ढिला गर्न हुँदैन।'

त्रियुगा नगरपालिकाको सहकार्य र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सञ्चालित अभियानलाई नगरपालिकाले भरपुर सहयोग गर्ने उनले बताइन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनादर्न गौतमले समाज रूपान्तरणका युवाहरू कुलतमा फसेर आफ्नो भविष्य बिगारेको बताए। 

उनले प्रहरी प्रशासनले डण्डा लगाएर थुनरे भन्दा पनि अभियानमार्फत उनीहरूको दैनिकीमा परिवर्तन गर्न सके साच्चै सुधार हुने बताए। एक दिवसीय कार्यक्रममा उनीहरूलाई लागूऔषधका असर, यसबाट बच्ने उपाय, उपचार पद्धति, कानुनी उपचार लगायतका विषयमा आफ्ना अनुभवसहित अभियन्ताहरूले सहजिकरण गरेका थिए। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.