रूसद्वारा किभलगायत स्थानमा ७५ वटा ड्रोन आक्रमण

रूसद्वारा किभलगायत स्थानमा ७५ वटा ड्रोन आक्रमण
फाइल तस्बिर।
सुन्नुहोस्

 

रुसले शनिबार ७५ वटा रूसी ड्रोनद्वारा  युक्रेनी क्षेत्रमा आक्रमण गरेको छ। तीमध्ये अधिकांश राजधानी किभको आकाशसम्म पुगेको यसक्रेनी सेनाले जनाएको छ । 

युक्रेनी सेनाले ७४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले खसालिदिएको दावी गरेको छ ।  युक्रेनी सेनाले रूसले इरानी निर्मित शाहेद ड्रोनको ‘उच्च सङ्ख्या’ मा प्रक्षेपण गरेको जनाएको छ। 

राजधानी किभमा उक्त आक्रमणबाट विद्युत गृहहरूमा क्षति पुगेको बताइएको छ । विद्युत गृहमा भएका आक्रमणका कारण तापक्रम माइनसभन्दा तल झरेपछि शहरको मध्य भागमा विद्युत् कटौती भएको जनाएको छ । 

तत्कालिन सोभियत सङ्घका नेता जोसेफ स्टालिनको शासनकाल सन् १९३० को दशकमा युक्रेनमा लाखौं मानिस भोकमरीमा परेको दिनको सम्झनामा युक्रेनले होलोदोमोर स्मरण दिवस मनाइरहेको बेला ड्रोन आक्रमण भएको हो । 

'दुश्मनले युक्रेनमा उच्च सङ्ख्यामा ड्रोनमार्फत् आक्रमण गरेको छ । आक्रमणको मुख्य दिशा किभ रहेको छ,' युक्रेनको वायु सेनाका कमान्डर जनरल माइकोला ओलेश्चुकले भने। 

वायु सेनाले ७५ मध्ये ७४ वटा ड्रोन खसालेको जनाएको छ ।  छ घण्टा सम्म चलेको हवाई आक्रमणमा राजधानीमा ११ वर्षीय बालकसहित पाँच जना घाइते भएका किभका अधिकारीहरूले बताएका छन् । 

किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोनको भग्नावशेष खसेपछि शहरका केही घरमा आगलागी हुनुका साथै भवनमा क्षति पुगेको बताएका छन्। 

यसैबीच, युक्रेन भ्रमणमा रहेका लातभियाका राष्ट्रपति एड्गार्स रिन्केभिक्सले आक्रमणका क्रममा किभको एउटा अँध्यारो बम सेल्टरभित्र रहेको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। 

आक्रमणपछि दर्जनौं भवनको विद्युत् कटौती भएको थियो तर युक्रेनको ऊर्जा मन्त्रालयले भने पछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.