पाकिस्तानको सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु

पाकिस्तानको सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु
सुन्नुहोस्

स्लामावाद : पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मल भित्र रहेका  थिए । 'हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन् ,' उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने। 

उनका अनुसार, ३५ जना घाइते भएका छन्, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ।     प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको सङ्ख्या र घाइतेको सङ्ख्या पुष्टि गरेका छन् । 

जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनल बताए।    कमजोर सुरक्षा कानून र भवन संहिताका साथै ढिलो कार्यान्वयनको अर्थ पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ ।

सन् २०१२ मा, पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तिमा दुई सय ५० जना मजदुरको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.