सेवा गर्ने पवित्र थलो राजनीतिमा नकारात्मक प्रभाव पर्यो : कानुनमन्त्री गुरुङ
स्याङ्जा : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने दाबी गरेका छन्। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन तथा अधिवेशनको स्याङ्जामा उद्घाटन गर्दै मन्त्री गुरुङले भ्रष्टचार गर्ने जो कोहीलाई पनि कसैलाई नछाडिने कुरामा प्रधानमन्त्रीसँग आफ्नो कुरा मिलेको बताएका हुन्।
उनले भने, ‘सेवा गर्ने पवित्र थलो राजनीतिमा नकारात्मक प्रभाव परेको छ।’चार दशक भन्दा बढी राजनीति सेवामा लागेको जनाउदै वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, शुसिल कोइराला, मनमोहन अधिकारीलाई सम्झदै मन्त्री गुरुङले भने, ‘स्वच्छ छवि र राम्रा काम गर्ने व्यक्ति सधैभरी स्मरणयोग्य हुन्छन्।’
कार्यक्रममा स्याङ्जा सहयोग समाजलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुगरी झण्डै ५ दर्जन भन्दाबढीलाई सम्मान गरिएको थियो।