रंगभेदविरुद्ध जनमतले मनायो एकता दिवस

रंगभेदविरुद्ध जनमतले मनायो एकता दिवस
सुन्नुहोस्

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।

आइतबार जनमत पार्टीले काठमाडौंस्थित पार्टी कार्यालयबाहिर रंगभेद् आक्रमण अन्त्य गर्नुपर्ने नारासहित एकता दिवस मनाएको हो। तराईका जिल्लामा पनि रंगभेद्‍विरुद्धको दिवस मनाएको जनमत पार्टीले जनाएको छ। 

जनमत पार्टीका सांसद अव्दुल खानले २०७१ मंसिर १० गते काठमाडौंको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष राउतलगायत तीन सय भन्दा बढी नेता कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेकाले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउन थालेको जानकारी दिए।

जनमत पार्टीले रंगभेद् अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएको खानले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.