७१ जना सहसचिवको सरुवा (नामावलीसहित)

७१ जना सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौं : सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्य सचिव बैकुन्ठ अर्यालले ७१ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका थिए।

मुख्य सचिव अर्यालले निर्णय गरेपछि सदरका लागि मन्त्रिपरिषद् बैठकमा पठाइएको थियो। मन्त्रिपरिषद्को हालैको बैठकले ७१ जना सहसचिवहरूको सरुवा गर्ने मुख्यसचिवको निर्णयलाई अनुमोदन गरेको हो।

निर्णयअनुसार स्किम श्रेष्ठलाई गृहमन्त्रालय, पार्वती शर्मालाई अर्थ मन्त्रालय, राजेन्द्र कुमार पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशील ढकाललाई सत्य निरुपण तथा मेलमिलाप आयोग, भरत खनाललाई गृह मन्त्रालय, उमाकान्त आचार्यलाई अख्तियार, बैकुण्ठ निधि शर्मालाई संघीय मामिला तथा प्रशासन मन्त्रालय, कालीप्रसाद पराजुलीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भगवान अर्याललाई राष्ट्रिय योजना आयोग र आनन्द काफ्लेलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै अमृत लम्साललाई अर्थ मन्त्रालय, महेश बराललाई अर्थ मन्त्रालय, प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय, शिवराम पोखरेललाई मुख्यमन्त्रीको कार्यालय सुदूरपश्चिम, हुमकला पाण्डेलाई मुख्यमन्त्रीको कार्यालय बागमती, रमेश न्यौपानेलाई आर्थिक मामिला मन्त्रालय कर्णाली, प्रद्युम्नप्रसाद उपाध्यायलाई लगानी बोर्ड, नमराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय, विनोदबहादुर कुँवरलाई स्वास्थ्य मन्त्रालय र ज्ञानप्रसाद ढकाललाई प्रदेश नीति तथा योजना आयोग बागमतीमा सरुवा गरिएको हो। 

त्यस्तै ऋषिराम तिवारीलाई प्रदेश लोक सेवा आयोग गण्डकी, गोविन्द कार्कीलाई पर्यटन मन्त्रालय, राजेन्द्र कुमार केसीलाई उद्योग मन्त्रालय बागमती, तिर्थराज भट्टराईलाई मुख्यमन्त्री कार्यालय गण्डकी, बलराम निरौलालाई श्रम मन्त्रालय बागमती, किरण रुपाखेतीलाई प्रधानमन्त्री कार्यालय, नरेशराज खरेललाई श्रम मन्त्रालय, पार्वती अर्याललाई राष्ट्रिय महिला आयोग, कमलबहादुर राजलवटलाई प्रदेश प्रमुखको कार्यालय बागमती र रुद्रप्रसाद लामिछानेलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको हो। 

त्यस्तै मदन कोइरालालाई चिकित्सा विज्ञान प्रतिष्ठान, दीपकुमार पहाडीलाई उद्योग मन्त्रालय, प्रकाश पौडेललाई सामाजिक विकास मन्त्रालय गण्डकी, बद्रीनाथ अधिकारीलाई प्रदेश नीति तथा योजना आयोग गण्डकी, ज्ञानेन्द्र पौडेललाई रक्षा मन्त्रालय, रामचन्द्र ढकाललाई राष्ट्रिय प्राकृतिक स्रोत आयोग, नारायणप्रसाद अर्याललाई गृह मन्त्रालय, लक्ष्मीप्रसाद पौडेललाई आन्तरिक मामिला मन्त्रालय कोशी प्रदेश, मातृका भट्टराईलाई विरगञ्ज महानगरपालिका र उमेशकुमार ढकाललाई संघीय मामिला मन्त्रलायमा सरुवा गरिएको हो। 

त्यस्तै निता पोखरेल अर्याललाई संघीय मामिला, अणप्रसाद न्यौपानेलाई शिक्षा मन्त्रालय, इमनारायण श्रेष्ठलाई शिक्षा मन्त्रालय, लक्ष्मीप्रसाद भट्टराईलाई प्रदेश प्रमुख कार्यालय कोशी, जयराम अधिकारीलाई शिक्षा मन्त्राय, यदुचन्द्र घिमिरेलाई स्वास्थ्य मन्त्रालय मधेस, धिरेन्द्रकुमार प्रधानलाई वन मन्त्रालय बागमती, होमनाथ पौडेललाई राष्ट्रिय प्राकृतिक आयोग, पूर्वकुमार राईलाई राष्ट्रिय सतर्कता केन्द्र र अमृत श्रेष्ठलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको हो। 

त्यस्तै माधवप्रसाद भट्टराईलाई भौतिक पूर्वाधान मन्त्रालय बागमती, प्रेमदत्त भट्टलाई शहरी विकास मन्त्रालय, सुरत कुमार बमलाई भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिम, प्रेरणा सेढाईंलाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी, रामचन्द्र कँडेललाई उद्योग मन्त्रालय गण्डकी, विशाल घिमिरेलाई पर्यटन मन्त्रालय कोशी, सुशील वैद्यलाई आन्तरिक मामिला मन्त्रालय सुदूरपश्चिम, छविलाल रिजाललाई उद्योग मन्त्रालय, दिवस आचार्यलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र कुमार प्रसाद दाहाललाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको हो। 

त्यस्तै शिवप्रसाद रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालय, विपीन आचार्यलाई प्रधानमन्त्री कार्यालय, ढुण्डीप्रसाद निरौलालाई प्रधानमन्त्री कार्यालय, रविन्द्र बोहोरालाई शहरी विकास मन्त्रालय, रामचन्द्र दंगाललाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रमेशकुमार केसीलाई अख्तियार, भोला दाहाललाई गृह मन्त्रालय, उधवबहादुर घिमिरेलाई वन मन्त्रालय मधेस, शैलेशकुमार झालाई शिक्षा तथा विज्ञान मन्त्रालय, केशवप्रसाद दाहाललाई श्रम मन्त्रालय मधेस, रुद्रप्रसाद अधिकारी शिक्षा मन्त्रालय मधेसमा सरुवा गरिएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.