नेपाल सुपर लिगमा धनगढीको रोमाञ्चक जित

नेपाल सुपर लिगमा धनगढीको रोमाञ्चक जित
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा भरखरै सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २-१ को जित निकालेको हो। धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो। 

त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे। जितसँगै धनगढीले प्रतियोगितमा तीन अंक जोडेको छ। भोलि झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.