आक्रमणमा परी हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु

आक्रमणमा परी हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु
सुन्नुहोस्

हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ।

इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए।

विज्ञप्तिमा भनिएको छ, 'हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौं हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ। उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ।'

गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पुर्‍याएको बताएका थिए।

घाण्डोर  दुई पटकसम्म इजरायली जेलमा कैदी जीवन विताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरालाई गुमाएका थिए। 

सन् २०१४ को युद्धका क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वका क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो।

सन् २०१७ मा अमेरिकी आर्थिक प्रतिबन्धको कालोसूचीमा रहेका घान्डोरलाई ‘विश्वव्यापी आतङ्कवादी’को सूचीमा राखिएको थियो।

अमेरिकी विदेश मन्त्रालयले त्यतिबेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैंक र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकू समूहको ‘शूरा काउन्सिल’मा रहेको बताएको थियो।

सन् २००६ मा केरेम शालोम सीमा क्षेत्रमा रहेको इजरायली सैन्य चौकीमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए। 

उक्त आक्रमणको परिणामस्वरूप इजरायली सैनिक गिलाद शालितको अपहरण भयो, जसलाई हमासले पाँच वर्षसम्म हिरासतमा राखेको थियो र सन् २०११ मा एक हजार २७ प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिएको थियो।

अक्टोबर ७ मा सुरु भएको गाजा युद्ध हमास लडाकूहरूले दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरू भएको थियो। यस युद्धमा एक हजार २०० मानिसहरूको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण मानिस थिए। लगभग २४० अन्यलाई खोसेको इजरायली गणनाले देखाएको छ। 

गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन्।

इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार सेनाले हमासको लडाकु फौजलाई ठूलो क्षति पुर्‍याएको छ, जसमा एक हजार लडाकूका २४ बटालियन रहेका छन्।

उनले भने, 'केही बटालियनमा हामीले हमासका सयौं आतङ्ककारी र अधिकांश बटालियन कमान्डरलाई मारिदियौं। यो क्षति महत्वपूर्ण छ, यसले हमासको अहिले लड्ने क्षमतालाई नष्ट गरेको छ। साथै, यसले युद्धपछि आफ्नो सैन्य शक्तिको पुनस्र्थापना गर्ने क्षमतालाई पनि ध्वस्त पारेको छ। ' 

उनले मारिएका लडाकूको सङ्ख्या एक हजार वा १० हजार नभई यसको बीचमा रहेको बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.