बुकबिल्डिङमार्फत् आईपीओ : कट अफ मूल्य तय, सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँ

बुकबिल्डिङमार्फत् आईपीओ : कट अफ मूल्य तय, सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँ
सुन्नुहोस्

काठमाडौं : सर्वसाधारण लगानीकर्ताले सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ३ सय ६१ रुपैयाँमा खरिद गर्न पाउने भएको छ। बुक बिल्डिङमार्फत् योग्य संस्थागत लगानीकर्ताका लागि कट अफ प्राइस ४०१ रुपैयाँ कामय भएसँगै सर्वसाधारणले तिर्नुपर्ने मूल्य तय भएको हो।

नेपाल स्टक एक्स्चेन्जका (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीका अनुसार कट अफ मूल्य ४०१ तय भएसँगै सर्वसाधारणलाई पर्ने मूल्य टुंगो लागेको छ। व्यवस्थाअनुसार संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम मूल्यबाट १० प्रतिशत कममा सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने हुन्छ।

योग्य संस्थागत लगानीकर्ताका कट अफ मूल्य तय भएसँगै यसभन्दा बढी मूल्य कबोल गर्नेले माग गरेको अनुपातमा सेयर पाउनेछन्। इतिहासकै पहिलो बुक बिल्डिङमार्फत् जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्काशनमा ४१ योग्य आवेदकले ३६ लाख कित्ता सेयर माग गरेका हुन्। कम्पनीले २४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको र सो प्रयोजनको नेतृत्व ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ।

कम्पनीले जारी गर्ने ६० लाख कित्ता आईपीओमध्ये ४० प्रतिशतका लागि योग्य संस्थागत आवेदकले प्रतिस्पर्धा गरेका हुन्। बाँकी ६० प्रतिशतमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२.९०३ प्रतिशत ६० करोड रुपैयाँबराबर आईपीओ जारी गर्दै छ।

योग्य आवेदनको बन्द शिलबन्दी आवेदन सोमबार बिहान खोलिएको हो। सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो। सर्वोत्तम सिमेन्टले सुरुमा प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेकामा पछि संशोधन भएर प्रतिकित्ता ४ सय १ देखि ६ सय १ रुपैयाँ ५० पैसाको रेन्ज पाएको थियो।

योग्य संस्थागत लगानीकर्तार्ला मंसिर ६ देखि १० गतेसम्म बोलकबोल पेस गरेका थिए। आईपीओ निष्काशन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ। 

सर्वोत्तमको नवलपरासी सुनवलमा अवस्थित उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.