गुल्मीमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

गुल्मीमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
सुन्नुहोस्

गुल्मी : गुल्मीमा बस र मोटरसाइकल एकआपसमा ठोकिँदा मेहेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययरत एक छात्रको मृत्यु भएको छ। 

सोमबार  जिल्लाको रेसुंगा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र विद्यालयबाट घर जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल ठोकिँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मगरको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सदरमुकाम तम्घासस्थित विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए। 

विद्यालयले सोमबार दिउँसो शोक र मंगलबार बिहानी समयमा सञ्चालन हुने कक्षालाई शोक बिदा दिएको छ। मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.