घिसिङलाई एसिया रग्बीको पुरस्कार
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ। नेपाल रग्बी संघका पूर्व अध्यक्षसमेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएवापत सम्मान गरिएको हो। उज्वेकिस्तानको तास्कन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्यसचिव घिसिङलाई सो पुरस्कार प्रदान गरिएको हो।
घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन्। घिसिङ सन् २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए। दुई वर्षअघि उनी राखेप सदस्यसचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो। सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसियट सदस्य प्राप्त गर्दा सदस्यसचिव घिसिङको महत्वपूर्ण भूमिका थियो। उनकै भूमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता
सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि घिसिङले दक्षिण एसियालाई केन्द्रमा राखेर रग्बीको विकास र विस्तारमा निरन्तर क्रियाशील रहँदै आएका छन्।