इजरायली बस्ती विस्तार बजेटको प्यालेस्टिनी राष्ट्रपतिद्वारा निन्दा
![इजरायली बस्ती विस्तार बजेटको प्यालेस्टिनी राष्ट्रपतिद्वारा निन्दा](https://annapurnapost.prixacdn.net/media/albums/mohammad-abbas-president_of_palestine_oX5hP31Yyv_bIO9USIWz3.jpg)
प्यालेस्टाइनी राष्ट्रपतिले सोमबार इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचको प्यालेस्टाइन क्षेत्रमा बसोबासलाई सुदृढ पार्न थप बजेट विनियोजन गर्ने योजनाको निन्दा गरेका छन्।
राष्ट्रपतिका प्रवक्ता नबिल अबु रुदेनेहले विज्ञप्ति जारी गर्दै स्मोट्रिचले हालको बजेटमा बस्ती विस्तार गर्न लाखौं शेकेल विनियोजन गर्ने प्रस्ताव गरेका बताएका छन्।
इजरायली मन्त्रिपरिषद्ले गाजा पट्टीमा हमाससँगको द्वन्द्वका कारण सन् २०२३ बजेटमा परिवर्तन बारे छलफल गरेको र स्मोट्रिचले बस्ती विकासको लागि ३०० मिलियन शेकेलभन्दा बढी कोष विनियोजनको प्रस्ताव गरेका टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
इजरायलले प्यालेस्टिनीहरूबाट कर राजस्व रोक्ने र गाजा र वेस्ट बैंकमा युद्ध गरिरहेको बेला यो प्रस्ताव आएको अबु रुदेनेहले बताएका छन्। उनले इजरायली योजनाले सो क्षेत्रको सुरक्षा र स्थायित्वमा पर्न सक्ने खतरनाक प्रभावहरू विरुद्ध चेतावनी दिएका छन्। उनले इजरायली सरकारलाई योजना कार्यान्वयन गर्न र इजरायलले राखेको प्यालेस्टाइनी कोष जारी नगर्न दबाब दिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)