हमासद्वारा थप ११ बन्धक रिहा, इजरायलले छाड्यो ३३ प्यालेस्टिनी

हमासद्वारा थप ११ बन्धक रिहा, इजरायलले छाड्यो ३३ प्यालेस्टिनी
सुन्नुहोस्

हमासले थप ११ जना बन्धकहरूलाई रिहा गरेको छ। त्यसको बदलामा इजरायलले पनि थप ३३ प्यालेस्टिनीहरूलाई रिहा गरेको छ। हमासद्वारा बन्धक बनाइएका नेपाली विपिन जोशी भने अहिले रिहा गरेको सुचीमा पनि परेका छैनन्।

हमासले सोमबार राति ११ जना इजरायली नागरिकलाई रिहा गरेको हो। जसमा ९ बालबालिका र २ महिला रहेका छन् ।

अर्कोतर्फ इजरायलले पनि देशका विभिन्न जेलमा रहेका ३० बालबालिका र ३ महिलासहित ३३ प्यालेस्टिनीलाई रिहा गरेको छ । सीएनएनका अनुसार इजरायलले हालसम्म आफ्नो जेलबाट १५० प्यालेस्टिनीहरूलाई रिहा गरेको छ भने हमासले ६९ जना बन्धकहरूलाई रिहा गरेको छ। जसमा ५० इजरायली बन्धक र १९ विदेशी नागरिक रहेका छन् । मङ्गलबार इजरायल र हमासबीच जारी युद्धको ५३ औं दिन हो।

हमास कैदबाट रिहा भएका दुई बालबालिका एला अल्याकिन र डाफना अल्याकिनले ५२ दिनपछि आफ्नी आमालाई भेटे। मंलगबार र बुधबार २ दिनको लागि युद्धविराम थप गरिएको हो। 

इजिप्ट, कतार र अमेरिकाको दबाबपछि युद्धविराम लम्ब्याउने निर्णय भएको हो । बीबीसीका अनुसार कतार र इजिप्टको मध्यस्थतापछि यो निर्णय गरिएको हो । 

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार हमासले युद्धविरामको अर्को दुई दिनमा २० जना महिला र बालबालिकालाई रिहा गर्ने वाचा गरेको छ। टाइम्स अफ इजरायलका अनुसार इजरायलले आगामी दुई दिनभित्र ६० प्यालेस्टिनीलाई जेलबाट रिहा गर्ने जनाएको छ ।
 

युद्धविराममा हमासले युद्ध अन्त्य गर्न चाहेको बताएको छ । अल जजीराका अनुसार हमास नेता गाजी हमादले भने, 'मलाई आशा छ कि यसो गरेर हामी युद्ध छिट्टै अन्त्य गर्न र प्यालेस्टिनी जनतामाथिको आक्रमण रोक्न सक्षम हुनेछौं।'

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजाको अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेको बताएका छन् । दुई चार दिनको युद्धविराम होइन, युद्ध अन्त्य गर्न जरुरी छ । उनले भने, 'पूर्ण युद्धविराम गाजाको समस्याको समाधान हो। यो जनताको हितमा पनि छ । हमासले पनि सबै बन्दीहरूलाई बिना शर्त रिहा गर्नुपर्छ।' 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.