मेची राजमार्गमा यातायात ठप्प, जनजीवन प्रभावित

मेची राजमार्गमा यातायात ठप्प, जनजीवन प्रभावित
मेची राजमार्ग अन्तर्गत फिदिम बजारमा यातायात बन्द गराउँदै आन्दोलनकारी। तस्बिर : भीमकुमार बाँस्कोटा
सुन्नुहोस्

फिदिम : ‘कोशी’नाम खारेजीको माग गर्दै संघर्ष गरिरहेका पहिचानबादीहरुले आव्हान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प छ। बन्दका कारण मेची राजमार्गको ताप्लेजुङदेखि झापासम्म यातायात ठप्प छ। 

सडकमा सवारी साधन सञ्चालन नहुँदा मंगलबार बिहानैदेखि मेची पहाडको जनजिवन प्रभावित बनेको छ। प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको हो। 
ताप्लेजुङमा पक्राउ परेका आफ्ना दुई जना कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै संघर्ष समितिले मेची राजमार्ग ठप्प पारेको हो। 

दुई दिन अघि ताप्लेजुङ आएका नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई कालो झण्डा देखाएको र भट्टराईको गाडी तोडफोड गरेको आरोमा ताप्लेजुङ प्रहरीले दुई प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पाथीभरा याङवरक गाँउपालिका १ का बिपिन कङ्लिम्बा र आनन्द कङ्लिम्बालाई प्रहरीले पक्राउ गरेको हो। झुटो आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै पहिचानवादीहरुले मेची राजमार्ग ठप्प पारेका हुन्। 
‘पक्राउ परेका हाम्रा कार्यकर्ता रिहाई नभएसम्म राजमार्ग ठप्प बनाउँछौ, नेता सागर केरुङले भने ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजे सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ।’ 

पहिचानवादीहरुले ‘कोशी’ नाम खारेज गर्नुपर्ने, पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामांकन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। 
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.