भ्रष्टाचार रोक्न खुला एवं पारदर्शी संस्कृतिको विकास हुन जरुरी छ : उपराष्ट्रपति

भ्रष्टाचार रोक्न खुला एवं पारदर्शी संस्कृतिको विकास हुन जरुरी छ : उपराष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले भ्रष्टाचार रोक्न समाज र देशमा खुला एवं पारदर्शी संस्कृतिको विकास हुन जरुरी रहेको बताएका छन्।

भ्रष्टाचारविरुद्ध अभियानको २७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म समाज र देशअघि बढ्न नसक्ने भन्दै भ्रष्टाचार रोक्न समाज र देशमा खुला र पारदर्शी संस्कृतिको विकास हुन जरुरी रहेको बताए।

निजी लाभका लागि सार्वजनिक शक्तिको प्रयोग गर्दा कानुनको उलंघन हुनुका साथै सामाजिक मान्यताहरूमा पनि विचलन आउने देखिएको उनको भनाइ छ।

उनले भ्रष्टाचारले असमानता गरिबी लगायतका संकटलाई झनै बढाउने भएकाले यो गम्भीर चिन्ताको विषय भएको बताए। उपराष्ट्रपति यादवले जवाफदेही संस्थाहरूले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर भएर काम गर्नुपर्ने र जो-कोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्नसक्ने अधिकार हुनुपर्ने बताए।

उनले देशका प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी रहेको र सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.