दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ मजदुरको मृत्यु, ७५ घाइते

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ मजदुरको मृत्यु, ७५ घाइते
सुन्नुहोस्

दक्षिण अफ्रिकाको एउटा प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा ७५ जना घाइते भएको खानी सञ्चालकहरूले बताएका छन् । 

इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ । त्यतिबेला ८० भन्दा बढी मजदुरले आफ्नो सिफ्टको अन्त्यमा मार्ग बनाउँदै थिए । कम्पनीका अनुसार स्थानीय समयअनुसार लिफ्ट अप्रत्याशितरूपमा तल ओर्लन लागेपछि साँझ ५ बज्नुभन्दा पहिला चेतावनी जारी गरिएको थियो । 
 

कम्पनीले ७५ मजदुर घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको बताएको छ । इम्प्लाट्सका प्रवक्ता जोहान थेरोनका अनुसार अधिकांशको घुँडा र खुट्टा भाँच्चिएको तथा अन्यलाई सामान्य चोट लागेको छ । 

उद्धार कार्य सकिएको र सबै ८६ मजदुरको अवस्था पत्ता लागेको विज्ञप्तिमा उल्लेख छ ।  

दक्षिण अफ्रिका प्लाटिनमको विश्वको अग्रणी उत्पादक मुलुक हो । यो मुलुकमा खानी दुर्घटनाहरू सामान्य मानिन्छ । यहाँ हजारौँ मानिस खानी उद्योगमा काम गर्छन् । 

दक्षिण अफ्रिकामा सबैभन्दा गहिरा खानीहरू छन् र यो सुन, हिरा, कोइला र अन्य कच्चा सामग्रीको प्रमुख निर्यातक हो । धेरै गहिरा खानीमा लिफ्ट छन् र यिनले एकै समयमा एक सयभन्दा बढी मानिसलाई लैजान सक्छन् । 

प्रत्येक वर्ष दर्जनौँ खानी मजदुर मारिन्छन् तर पछिल्लो दुई दशकमा सुरक्षा मापदण्ड बढाइएकाले मर्नेहरूको सङ्ख्यामा कमी आएको बताइन्छ । सरकारी आँकडाअनुसार सन् २०२२ मा खानी दुर्घटनामा करिब ५० जनाको मृत्यु भएको थियो । 

सन् १९६० मा कोलब्रुक प्रकोपमा चार सय ३० भन्दा बढी कोइला खानी मजदुरको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.