प्रधानमन्त्री प्रचण्ड युएई जानु अगाडि सिंहदरबारमा राखे मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्ड युएई जानु अगाडि सिंहदरबारमा राखे मन्त्रिपरिषद् बैठक
सुन्नुहोस्

काठमाडौं : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व जलवायु सम्मेलनमा भाग लिन आफू युएईमा जानु अगाडि मन्त्रिपरिषद् बैठक राखेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार आज बैठकमा नियमित काम कारबाही र कोप–२८ सम्मेलनमा नेपालले उठाउने एजेण्डाका विषयमा छलफल हुनेछ। 

दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्बन व्यापार, ग्लोबल स्टक टेक, पारदर्शिता, बालबालिका, युवा र लैंगिक मुद्दा अघि सारेको छ। तर, फरक के छ भने यसपल्ट आफ्ना मुद्दालाई स्थापित गर्ने र सशक्त रूपमा प्रस्तुत हुने दाबी सरकारले गरिरहेको छ। प्रचण्डले पनि यसपल्ट पहिलाका जस्तै मुद्दाहरू उठाउने बताएका छन्।

यस अगाडि राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना मुद्दालाई १ सय ६० भन्दा बढी देशका राष्ट्र/सरकार प्रमुखका अगाडि सशक्त ढंगले राख्ने तयारी भएको बताएका थिए। जलवायु परिवर्तनबाट सबैभन्दा बढी पर्वतीय क्षेत्र प्रभावित भएकाले नेपालको सुझावलाई प्राथमिकताका साथ हेरिएको थियो। यस वर्षमा पनि माहोल उस्तै रहेको प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणका क्रममा पर्वतीय क्षेत्रमा पारेको प्रभाव संसारले देखिसकेको प्रचण्डको भनाइ छ। महासचिव गुटेरेसले विश्वव्यापी जलवायु संकटले नेपाललाई कडा प्रहार गरेको भिडियो सन्देश खुम्बु र अन्नपूर्ण क्षेत्रबाट प्रवाह गरेका थिए।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्डसहित वनमन्त्री शक्ति बस्नेत यूएई जाँदैछन्। प्रधानमन्त्री दाहालले नोभेम्बर ३० तारिख यूएईमा रहेका नेपाली कामदार तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको अबुधाबी दूतावासले जनाएको छ। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोभेम्बर ३० तारिख यूएई आइपुग्ने छन्। डिसेम्बर १ मा उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चीनले भने राष्ट्रपति सि चिङफिङका विशेष दूतका रूपमा दीन छुछियाङलाई पठाउने भएको छ। उनी चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन्।

उत्सर्जनका कारण हुने जलवायु परिवर्तनले पृथ्वीलाई पारेको असर र त्यसको न्यूनीकरणका बारेमा सम्मेलनमा छलफल हुनेछ। सम्मेलन दुबईको एक्स्पो सिटीमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.