हिमालय रिको ६२ प्रतिशत आईपीओ बिक्यो
![हिमालय रिको ६२ प्रतिशत आईपीओ बिक्यो](https://annapurnapost.prixacdn.net/media/albums/himalayan-re_ZdHVgOtiPD_Y9Cn9M8sts.jpg)
काठमाडौं : वैदेशिक रोजगारीमा जानेका लागि खुलेको हिमालयन रिइन्स्योरेन्सको आईपीओमा ३८ करोड ५० लाख बढी रुपैयाँ बराबरको आवेदन परेको छ। मंगलबार साँझसम्ममा २० हजार ५ सय ७४ जना आवेदकले १८ लाख ६९ हजार २ सय २० कित्ताका लागि आवेदन दिएको
हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दै छ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेले मात्र
हिमालयन रिले प्रतिकित्ता एक सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो। आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।
यता एनआईसी एसिया क्यापिटलले म्युचुअल फन्ड योजनामा हालसम्म ८२ करोड २९ लाख १९ हजार ९ सय रुपैयाँको आवेदन परेको छ। ‘एनआईसी एसिया ग्रोथ फन्ड २’ मा ४९ हजार ४ सय ३१ आवेदकले ८ करोड २२ लाख ९१ हजार ९ सय ९० एकाइ माग गरेका हुन्।
म्युचुअल फन्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ निष्कासन भएकामा ८ अर्ब ५० करोडका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यो बन्दमुखी योजनामा मंसिर १८ गतेसम्म लम्ब्याइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)