प्रधानमन्त्री दाहालको नेतृत्वमा दुबई जाने ३२ सदस्यीय टोलीमा को-को छन् ?

प्रधानमन्त्री दाहालको नेतृत्वमा दुबई जाने ३२ सदस्यीय टोलीमा को-को छन् ?
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा प्रतिनिधिमण्डलका ३२ सदस्यीय टोली आज बेलुका युएई प्रस्थान गर्ने भएको छ। नेपाल एयरलाइन्सको विमानबाट आज राति ९:३० बजे जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप २८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा वनमन्त्री वीरेन्द्र महतो, अर्थसचिव कृष्णहरी पुस्कर, वन सचिव दिपककुमार खरेल, परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्साल र प्रोटोकल चिफ दिलिपकुमार पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, प्रचण्डकी छोरी गंगा दाहालसहित १८ सदस्यीय टोली रहनेछ। उक्त टोलीमा ३ /३ जना सुरक्षा अधिकारी र पत्रकार समेत सहभागी हुनेछन्।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठलगायत १४ जना व्यवसायीहरु पनि उक्त टोलीमा रहनेछन्। आबुदाबीमा रहेको नेपाली राजदूतका अधिकारीहरु भने युएईमै भ्रमण टोलीसँग सम्मिलित हुनेछन्।

कोप–२८ मंसिर १४ गतेदेखि २६ गतेसम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको अवार्ड समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.