एमालेको संकल्प यात्रा बागलुङमा दुई दिन

एमालेको संकल्प यात्रा बागलुङमा दुई दिन
सुन्नुहोस्

बागलुङ : नेकपा एमालेले भोलि (बिहीबार)देखि सुरु गर्न लागेको ‘मध्यपहाडी (पुष्पलाल) लोकमार्ग पदयात्रा’ कार्यक्रम बागलुङमा दुई दिन सञ्चालन हुने भएको छ। 

एमालेको केन्द्रीय कमिटीले बैतडीको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा गर्दैछ।

उक्त यात्राको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले बागलुङमा मंसिर २० र २१ गते बागलुङमा आउने जिल्ला कमिटी बागलुङका अध्यक्ष हीराबहादुर केसीले जानकारी दिए। 

उनले रुकुम सिमानाको पातीहाल्नेमा २० गते विहान प्रवेश गरेर २१ गते दिउँसो १ बजेसम्म बागलुङका ६ वटा स्थानीय तहमा अध्यक्ष ओलीसहितको नेताहरुको टोलीले कार्यक्रममा सहभागीता जनाउने बताए। अध्यक्ष केसीले २० गते बिहान पातीहाल्नेमा केन्द्रीय सदस्य सावित्रा रानाको टोलीले स्वागत गरेपछि टोलीले निसीखोलाको झिवाखोलामा जनभेटघाट गर्ने बताए। बुर्तिवाङ बजारमा सोही दिन बिहान १० बजे केन्द्रीय सदस्य सूर्य पाठकले स्वागत गर्नेछन्। बुर्तिवाङमा खाना खाएर टोलीले ढोरापाटन र तमानखोलाका कार्यकर्तासँग भेटघाट गर्ने बताइएको छ।
 
२० गते नै बडिगाड गाउँपालिकाको दुई स्थानमा भेटघाटपछि गुल्मीको वामीटक्सारमा आयोजना गरिएको आमसभामा ओलीले सम्बोधन गर्ने योजना छ। त्यसपछि नेताहरुको टोली पुन बागलुङको गलकोट आउने छ। गलकोटमा बेलुकीको बसाइ सहित भेटघाट र अन्तरक्रिया लगायतका कार्यक्रम हुनेछन्। 

गलकोटका लागि पोलिटव्युरो सदस्य मनकुमारी केसीले टोलीको स्वागत गर्नेछिन्। मंसिर २१ गते ओली सहितको संकल्पयात्रा बागलुङको घोडाबाँधे हुँदै बागलुङ आउने भएको छ। उक्त दिन बिहान १० बजे बागलुङ बजारमा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले स्वागत गर्नेछन्। टोलीले कालिका मन्दिरको दर्शन र अबलोकन गर्नेछन्। खानापछि मालढुंगामा बिदाइ गरेपछि ओलीले फेरी पर्वतको कुश्मामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने योजना छ।

यात्रामा मोटरसाइकल स्कटिङ, प्रेस चौतारीमार्फत् मिडिय परिचालन र भेटघाट कार्यक्रम समेत राखिएको जिल्ल अध्यक्ष केसीले बताए। उनले संकल्प यात्राको क्रममा बागलुङको समृद्धिका लागि केही एजेण्डाहरु पार्टी नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको तर्फबाट पेश हुने बताए। ‘बागलुङ जिल्लालाई प्रभावित पार्नै सामरिक महत्वका योजना सहितको ध्यानाकर्षण पात्र जिल्लाले र सम्बन्धीत पालिकाले पनि आफ्नो पालिकाको तर्फबाट ध्यानार्कषण पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ,’ जिल्ला अध्यक्ष केसीले भने।

जिल्ला अध्यक्ष केसीले बागलुङको समृद्धिको यात्रालाई प्रभाव पार्ने कालीगण्डकी करिडोर मध्यपहाडी लोकमार्ग, उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना र सालझण्डी ढोरपाटन सडक जस्ता बिषय एजेण्डाको रुपमा प्रस्तुतीकरण गरिने जानकारी दिए। त्यस बाहेक काठेखोलाको अक्षेतेदेखि गलकोट सम्म लोकमार्गमा सुरुङ मार्ग बनाउने, बागलुङ बजारको बिकासका लागि करिडोरलाई कालीका मन्दिर, शालिग्राम संग्राहलय र म्याग्दीको रत्नेचौर हुँदै लैजाने विषयहरु समावेश हुनेछन्।

अभियान सफल पार्न एमालेले मंसिर १२ गते गलकोट, १३ गते बुर्तिवाङ, १४ गते बागलुङ बजारमा सामुहिक भेला समेत राखेको छ। अभियानलाई सफल बनाउन उद्योगी, व्यवसायी, पत्रकार, प्रशासन र सुरक्षा निकायमा छलफल गर्ने योजना एमालेको छ। केन्द्रीय अध्यक्ष ओली सहित केन्द्रीय नेता रहेको १ सय ५० जनाको टोलीले झण्डै २१ दिनको यात्रा गर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.