एनएसएलमा ललितपु र पोखराले बाँडे अंक
![एनएसएलमा ललितपु र पोखराले बाँडे अंक](https://annapurnapost.prixacdn.net/media/albums/NSL111_cbZRMskJJv_mfyVT2P76c.jpg)
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल)अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुंगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा रोकिएका हुन्। खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक-एक अंक बाँडेका छन्।
त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए। यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार-चार अ्क जोडेका छन्। प्रतियोगिताअन्तर्गत भोलि धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)