पाल्पामा प्रथम सुन्तला महोत्सव हुँदै

पाल्पामा प्रथम सुन्तला महोत्सव हुँदै

तानसेन: पाल्पा रिव्दीकोट गाउँपालिका-७ पालुङ् मैनादीमा मंसिर १६ गते प्रथम सुन्तला महोत्सव हुने भएको छ। 

पालिकास्तरमा  सुन्तला खेती गर्ने कृषकको उत्पादनमा वृद्धि, बजारीकरण र सुन्तलाको विविधीकरणमा सहयोग गर्न महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। 

वडा कार्यालयको आयोजना तथा मैनादी कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सुन्तलाको बजार प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष दानबहादुर कुँवरले बताए। वडा नम्बर ७ मा २ सय कृषकले सुन्तला खेती गर्दै आएका आयोजक वडाध्यक्ष कुवँरले बताए। 

महोत्सवमा सुन्तला खेतीका लागि माटो शिविर, प्लाण्ट क्लिनिक, विभिन्न सुन्तलाका परिकार, सुन्तला खेतीसँग गर्न सकिने अन्य खेतीका विषयमा जानकारी, सुन्तला बगैंचाको अवलोकन, सुन्तला खाने प्रतियोगिता, सुन्तला खेतीमा प्रविधिको प्रयोग, विषादीको प्रयोग बारे सचेतना, उत्कृष्ट सुन्तला कृषक सम्मान कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी  दिए। 
 
गाउँपालिकालाई कृषि कर्म उत्पादनका हिसाबले अगाडि बढाउन खोजिएको पहिलो सुन्तला महोत्सवमा सुन्तला खेती गर्ने कृषक र गर्न चाहने कृषकहरूका लागि केन्द्रीत गतिविधि सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले नयाँ सोच अनुसार कृषकहरूलाई कृषि पेशालाई निरन्तरता दिन सुन्तला खेतीको प्रचारप्रसार, प्रविधि प्रदर्शन, भण्डारण र प्रशोधनसहित बजारीकरणमा महोत्सवको आयोजना गरेको बताए। 

गत वर्ष पालुङ्मैनादीबाट मात्रै एक करोड ७५ लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष करिब दुई करोड २५ लाख बढीको सुन्तला बिक्री हुने मैनादी कृषि सहकारी संस्थाका अध्यक्ष वेनबहादुर पुनले बताए। 

रिव्दीकोट गाउँपालिका गत वर्ष साढे ४ करोडको सुन्तला बिक्री भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्र १ हजार ५ सयभन्दा बढी  कृषकले सुन्तला खेती गरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.