गाजामा युद्धविराम लम्ब्याइने

गाजामा युद्धविराम लम्ब्याइने
फाइल तस्बिर।
सुन्नुहोस्

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपिने अपेक्षा गरिएको जनाएको छ ।

इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि बिहीबार सकिएपछि थप्ने ‘प्रारम्भिक’ सहमति भएको उल्लेख गरेका छन् । इजरायलले यसअघि हमासले दैनिक कम्तीमा १० जना इजरायली बन्धकलाई मुक्त गर्न जारी राखेमा युद्धविराम अझै लम्बिन सक्ने बताएको थियो । 

नाम नबताउने शर्तमा प्यालेष्टिनी स्रोतले सिन्ह्वालाई बताएअनुसार हमासले कतारी र इजिप्टका मध्यस्थकर्ताका लागि २० जना इजरायली बन्धकको नामसहितको नयाँ सूची तयार पारेको छ ।

स्रोतका अनुसार हमासले मध्यस्थताकर्तासँग गाजा पट्टीमा रहेका थप बन्धकहरूलाई मुक्त गर्न र गाजामा खाद्यान्न तथा अतिआवश्यक सामग्रीको आपूर्ति गर्न युद्धविरामलाई थप केही दिन लम्ब्याउन चाहेको जानकारी दिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.